श्रीमानले पट्रोल छर्केर आगो लगाउँदा घाइते गंगालाई भेरी अस्पतालले काठमाडौं पठायो

    • स्वास्थ्य पेज

  • १७ माघ २०७९, मंगलवार
नेपालगन्जः बाँकेको कोहपलुरमा श्रीमानद्धारा पट्रोल खन्याएर आगो लगाईएकी गंगा विकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

भेरी अस्स्पतालमा उपचाररत विकको स्वास्थ्य जोखिम कायमै रहेकाले थप उपचारकालागि बर्न युनिट भएको अस्पताल काठमाडौं पठाइएको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बद्री चापागाईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिका-२ शक्तिनगरमा बस्दै आएका भानुभक्त विकले दुई दिन अघि श्रीमती गंगा र २ वर्षीय छोरा प्रिन्सलाई पेट्रोल खन्याएर आगो लगाएका थिए ।  प्रिन्सको सोमबार उपचारको क्रममा मृत्यु भइसकेको छ ।

प्रहरी नियन्त्रणमा रहेका भानुभक्तले सामान्य घर झगडामा श्रीमती र छोरालाई आगो लगाएको  प्रहरी समक्ष स्वीकार गरेका छन् ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech