वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

    • स्वास्थ्य पेज

  • १६ माघ २०७९, सोमबार

नेपालगन्ज: वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।

इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ ।

पाण्डेले द्धवृद्धालाई कुटपिट गरेको उजुरी उहाँकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो । पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन् ।

पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार भएको सुन्नु निक्कै दुखदायी भएको बताइन् ।पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech