नर्सलाई न्युनतम मापदण्ड अनुसार तलब नदिए कारबाही गर्छु: मन्त्री गिरी

    • स्वास्थ्य पेज

  • १५ माघ २०७९, आईतवार

नेपालगन्ज: सरकारले बनाएको मापदण्ड अनुसार नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले चेतावनी दिनुभएको छ ।

आज नेपाल नर्सिङ संघको ६१औं वार्षिक उत्सव कार्यक्रमका अवसरमा  बोल्दै मन्त्री गिरीले नर्सहरुलाई  मासिक ८/१० हजारमा पनि निजी क्षेत्रका अस्पतालहरुले  काम गराउँदै आएको कहालीलाग्दो अवस्था सुनेको हुँदा त्यो सँग सम्बन्धित प्रमाण खोज्न छिटै आफैं अनुगमन गर्ने बताउनुभयो ।

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाए आफुलाई मान्य नहुने बताउँदै मन्त्री गिरीले त्यस्ता निजी अस्पतालको अनुगमन गरी कारबाही गर्ने बताउनुभयो ।

सरकारले तोकेको मापदण्ड अनुसार पारिश्रमिक दिएर काम गराउन सबै निजी अस्पतालहरुलाई मन्त्री गिरीले निर्देशन दिनुभयो ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech