नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कर्मचारी विनियमावली पास

    • स्वास्थ्य पेज

  • ६ माघ २०७९, शुक्रबार

नेपालगन्ज: नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कर्मचारी विनियमावली पास भएको छ। लामो समयदेखि अड्किएको फाइल अन्तत पास भएको हो। मन्त्रिपरिषदको पुस ३ गतेको बैठकले विनियमावली पास गरेको हो।

विनियमावली पास भएसँगै परिषदमा नयाँ कार्मचारी नियुक्तिदेखि कर्मचारीको बढुवा लगायतका काम अगाडि बढ्ने भएको छ।

२०७४ सालमा तयार पारिएको विनियमावलीको उक्त फाइल कहिले मन्त्रालयमा नै हराउने त कहिले परिषदकै दराजमा थन्किने गरेको थियो। लामो समयको प्रयासपछि विनियमावली पास भएको परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

 

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech