नेपाल चिकित्सक संघको निर्वाचन: १८७८ मत खस्यो

    • स्वास्थ्य पेज

  • ६ माघ २०७९, शुक्रबार

नेपालगन्ज:  नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको मतदानको पहिलो दिन काठमाडौं उपत्यकाबाहिर एक हजार आठ सय ७८ मत खसेको छ।

काठमाडौं उपत्यकाबाहिरका १६ स्थानमा शुक्रबार मतदान भएको थियो। यी स्थानमा भोलि शनिबार पनि मतदान हुँदैछ।

चिकित्सक संघ निर्वाचन कमिटीलाई साँझ ७ बजेसम्म प्राप्त मत विवरण अनुसार सबैभन्दा धेरै कोशीमा २ सय ९१ मत खसेको छ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार भेरीमा ९८, चितवनमा २६०, दाङमा ४६, धरानमा १७२, गण्डकी २००, जनकपुरमा १५७, जुम्लामा २२, कोशीमा २९१, लहानमा २०, लुम्बिनीमा १३७, मेचीमा ९१, नारायणीमा २०२, पाल्पामा ३४, सगरमाथामा ४०, सेतीमा ७३ र सुर्खेतमा ३५ मत खसेको छ।

काठमाडौं बाहिर शुक्रबार र शनिबार मतदान हुने छ भने काठमाडौं भित्र यही १९, २० र २१ गते मतदान हुँदैछ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।

निर्वाचनमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech