स्वास्थ्यमन्त्री गिरीको अठोट- स्वास्थ्य विमा प्रभावकारी बनाएर गुणस्तरीय सेवा प्रदान गर्छु

    • स्वास्थ्य पेज

  • ३ माघ २०७९, मंगलवार
नेपालगन्ज: नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएलगत्तै पदभार ग्रहण गरेपछि उहाँले अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै नागरिकहरुलाई गुणस्तरिय सेवा लिनको लागि स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। त्यसमा बिषयमा हामी गम्भिरताका साथ हेछौं।’

उहाँले सबै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने अठोट गर्नु भयो ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech