के फरक छ ठेउला र मंकीपक्समा ?

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७९, आईतवार

मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार यो संक्रमणबाट हालसम्म करिब १३ हजार मानिस प्रभावित भइसकेका छन्। जसमा १२ हजार ३३३ मानिसहरु कोभिड संक्रमण ‘इन्डेमिक’ भइनसकेका मुलुकका हुन्।

विश्वमा अर्को त्रास बनिरहेको मंकीपक्स अर्थोपक्स भाइरसका कारण हुन्छ। यो ठेउला (चिकेनपक्स) जस्तै हुन्छ। तर यो ठेउलाको तुलनामा कम गम्भीर हुन्छ। यो जनावरबाट मानिसमा सर्छ र एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म फैलन सक्छ। ठेउलाजस्तै देखिए पनि यी दुईमा केही भिन्नता भने हुन्छ।

ठेउला भेरिसेला जोस्टर भाइरसका कारण हुन्छ भने मंकीपक्स हर्पीजभाइरस परिवारसँग सम्बन्धित हुन्छ। अलग–अलग जीवाणु र भाइरसका कारण यी संक्रमण हुन्छन्। यसैले भाइरसको व्यवहारका आधारमा बिरामीमा लक्षण र गम्भीरताको स्तर अलग–अलग हुनसक्छ।

सीडीसीका अनुसार ठेउलामा लिम्फ नोड्स सुन्निँदैन भने मंकीपक्समा लिम्फ नोड्सको आकार बढ्छ।

मंकीपक्सको लक्षण झट्ट हेर्दा ठेउलाको तुलनामा बढी हुन्छ। मंकीपक्सको लक्षण सामान्यतः ५ देखि १२ दिनसम्म देखिन्छ।

मंकीपक्समा १ देखि ५ दिनमा ¥यासेज देखिन्छ। सामान्यतः यो सबैभन्दा पहिले अनुहारमा देखिन्छ र बिस्तारै शरीरका अन्य भागमा फैलनथाल्छ। तर ठेउला अनुहारका साथसाथै शरीरका अन्य भागमा एकैचोटि फैलन थाल्छ।

चिकित्सकका अनुसार पीसीआर परीक्षण गरेर यसलाई पहिचान गर्न सकिन्छ। यस्तै सेरोलोजी पनि अर्को खालको परीक्षण हो, जसको सहयोगले एन्टिजेन र एन्टीबडीको संख्या थाहा पाउने प्रयास गर्न सकिन्छ। तर यसमा फल्स पोजिटिम र गलत रिपोर्टको सम्भावना बढी हुन्छ।

मंकीपक्सको रोकथामको उपाय के?
रोकथामको उपाय कुनै पनि रोगको उपचार र औषधिभन्दा राम्रो हुन्छ। यसैले मंकीपक्सजस्ता संक्रमणबाट बँच्न रोकथामका उपायबारे थाहा पाउनु आवश्यक हुन्छ।
ठेउलाको खोपबाट मंकीपक्सको खतरा कम हुनसक्छ। लक्षणबारे निगरानी राख्दै चाँडै परीक्षण गरिए संक्रमण फैलनबाट रोक्न सकिन्छ।

संक्रमित जनावरको सम्पर्कमा सकेसम्म आउनुहुँदैन। घरपालुवा जनावरलाई घर ल्याउनुअघि सावधानी अपनाउनुपर्छ।

मंकीपक्सका लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, मासंपेशी र ढाड दुख्ने, थकाई लाग्ने, लिम्फ नोड सुन्निने,

चिलाउने, मुखभित्र र शरीरका अन्य भागहरु जस्तै हात, गोडा, छाती र गुप्तांगमा डण्डीफोरका जस्तै फोका आउने हुन्छ। सामान्यतया यो रोग २ देखि ४ हप्ता रहने गर्छ। कहिलेकाहीँ यो रोग लाग्दा पहिले फोका आउने र अरु लक्षण देखिने हुन्छ । कसैकसैलाई खाली फोकामात्र पनि आउन सक्छ।

  • २२ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech