कौशिल्या अस्पतालले गरेको निःशूल्क स्वास्थ्य शिविरमा करिव ६ सय जेष्ठ नागरिकले लिए सेवा

    • स्वास्थ्य पेज

  • १४ असार २०७९, मंगलवार

नेपालगन्जः बाँकेको कोहलपुरस्थित कौशिल्या अस्पताल प्रालिले जेष्ठ नागरिकलाई लक्षित गरेर आयोजना गरेको निशूल्क स्वास्थ्य शिविरमा करिव ६ सय जनाले सेवा लिएका छन् ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, नगर स्वास्थ्य शाखाको समन्वयमा कोहलपुर नगरपालिकाका १५ वटै वडाबासीलाई लक्षित गरेर गएको विहीबारदेखि निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा पाँच सय ८९ जनाले सेवा लिएको अस्पतालका प्रशासकिय प्रमुख शंकर न्यौपानेले जानकारी दिनुभयो ।

अस्पतालले विभिन्न वडालाई लक्षित गरेर शिविर चलाएको थियो । पायक पर्ने वडाका लक्षित वर्गलाई एउटा केन्द्र बनाएर आयोजना गरिएको शिविरमा लाभ लिएकामध्ये दुई ५५ जना महिला छन् ।

वडा नम्वर ८ र ९ लाई लक्षित गरी वडा ८ को वडा कार्यालयमा आयोजना गरिएको शिविरमा ८० जना, त्यस्तै ७, १४ र १५ नम्वर वडालाई लक्षित गरेर राम मावि हवल्दारमा आयोजना गरिएको शिविरमा एक सय ४२ जनाले सेवा लिएका छन् ।

त्यस्तै वडा नम्बर १, २ र ३ लाई लक्षित गरी लक्ष्मी मावि बर्दहवामा आयोजना गरिएको शिविरा एक सय ७१ जना, वडा नम्बर ११, १२ र १३ लाई लक्षित गरेर विद्याज्योति आधारभूत स्कुल चप्परगौरीमा आयोजना गरिएको शिविरा ८१ जनाले सेवा लिएको प्रशासकिय प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै ४, ५, ६ र १० नम्वर वडाका स्थानीयलाई लक्षित गरेर सामुदायिक भवन रझेनामा गरिएको शिविरमा एक सय १३५ जनाले सेवा लिएको उहाँले बताउनुभयो ।

उमेर ढल्कदै गएका जेष्ठ नागरिकहरु स्वास्थ्यका हिसावले जोखिमपूर्ण हुने भएकाले गाउँघरमै शिविर आयोजना गरेर उनीहरुको स्वास्थ्य अवस्था थाहा हुने र त्यही अनुसार उपचार गर्न सहयोग पुग्ने उद्देश्यले नगरपालिकासँगको सहकार्यमा शिविर आयोजना गरिएको अस्पताल प्रमुख राम न्यौपानेले बताउनुभयो ।

आँखा, दाँत र फिजिसियन सेवासहितको उक्त शिविरमा डा एन के यादव, डा सन्तोष विसी, डा निमबहादुर डाँगीलगायतले चेकजाँच गर्नुभएको थियो ।

  • १४ असार २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech