अस्पताल सञ्चालकबाट राजीनामा दिएर उपमेयर उठेकी शिल्पा गठबन्धनका उम्मेदवारभन्दा धेरै अघि

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७९, बुधबार

नेपालगन्जः कोशी अस्पताल सञ्चालक सदस्यबाट राजीनामा दिएर विराटनगरको उपमेयर उठेकी शिल्पा निरौला कार्कीले निरन्तर अग्रता लिनुभएको छ ।

उहाँले गठवन्धनका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलाई २ हजार ८ सय २ मतले पछि पार्दै अग्रता बढाइरहनुभएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार शिल्पाले ७ हजार ६४६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी यादवले ४ हजार ८४४ मत प्राप्त गर्नुभयो ।

शिल्पा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट उपमेयरको उम्मेदवार बन्नुभएको छ । मेयरमा भने नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ९,००० मतका साथ अग्रस्थानमा रहनुभएको छ ।

कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सागरकुमार थापाले ६,६६७ मत ल्याउनुभएको छ ।

 

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech