स्वास्थ्यकर्मी आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७९, सोमबार

नेपालगन्जः स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सेवाबाट राजीनामा दिएर निर्वाचनमा होमिएका स्वास्थ्यकर्मीहरुले जित हासिल गर्ने क्रम बढ्दै गएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन्।

स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठ्नु भएको थियो ।

आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गर्नुभएको हो । आचार्य सोही गाउँपालिकाका स्वास्थ्य संयोजक हुनुहुन्थ्यो । उहाँ नेपाल स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी, सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी पुनम चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित हुनुभएको छ।

 

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech