हङकङले नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७८, सोमबार

फोटो: फाइल

नेपालगन्जः हङकङ सरकारले आगामी अप्रिल महिनाबाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।

कोरोना संक्रमणका कारण बन्द गरिएको हङकङको आकाश ९ वटा मुलुकका लागि खुला गर्न लागिएको हो । उडान प्रतिबन्ध हटाउने निर्णय गरिएका देशहरुमा नेपाल पनि परेको छ । हङकङ सरकारकी प्रमुख क्यारी लामले आज ९सोमबार०आगामी अप्रिल १ बाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको हो ।

प्रतिबन्ध हट्ने देशहरुमा नेपाल, अष्ट्रेलिया, क्यानडा, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र अमेरिका रहेका छन् । त्यस्तै, हङकङ प्रवेश गर्ने विदेशीहरुका लागि क्वारेन्टिनको अवधि पनि ७ दिनमा छोट्याइने भएको छ । हङकङ सरकारकी प्रमुख क्यारी लामले अप्रिल २१ देखि भने भौतिक दूरीका नियमलाई पनि खुकुलो बनाईने घोषणा गर्नुभएको छ ।

संक्रमणको गति सुस्ताएको र अब विष्फोटक रुपमा संक्रमण फैलिने संभावना न्यून देखिएको भन्दै हङकङले प्रतिबन्धहरु खुकुलो गर्न लागेको हो ।

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech