भेरी अस्पतालमा कोभिड सुत्केरीको व्यवस्थापनमा सकस, प्रसूति वार्डका अधिकांश चिकित्सक संक्रमित

    • स्वास्थ्य पेज

  • १२ माघ २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा कोभिड संक्रमित गर्भवती सुत्केरी हुन आउनेको चाप बढेको छ । जसका कारण उनीहरुलाई व्यवस्थित गर्न भेरी अस्पताललाई समस्या भएको छ ।

यसअघि कोभिड संक्रमित गर्भवतीको उपचार तथा शल्यक्रिया गर्दै आएको मेडिकल कलेज कोहलपुरले संक्रमित भर्ना लिन छाडेपछि भेरीमा चाप बढेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेपनि संक्रमित गर्भवती सुत्केरीका लागि प्रसूति वार्डको बाहिर प्रतिक्षामा छन् । उनीहरुको व्यवस्थापनमा अस्पताल प्रशासन लागिरहेको उहाँको भनाइ छ । कोभिड वार्डमा २० जना सुत्केरी उपचाररत छन् ।

प्रसूती वार्डमा कार्यरत अधिकांश चिकित्सकहरु कोभिड पोजेटिभ भएपछि सेवा प्रवाहमै चुनौति थपिएको उहाँको भनाइ छ । प्रसूती वार्डमा कार्यरत अधिकांश चिकित्सकमा भाइरस संक्रमण देखिएकाले उनीहरु आइसोलेसनमा बसिरहेका छन् ।

आजमात्रै बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा कल्पना थापा एक्लैले ५ जनाको शल्यक्रिया गरेर सुत्केरी गराउनुभएको बताइएको छ । अध्यक्ष धितालले भने डा थापाले १२ जनाको शल्यक्रिया गरेको बताउनु भको छ । ‘एउटा चिकित्सकले एक्लै कतिसम्म गर्न सक्छ उहाँले भन्नुभयो-‘मेडिकल कलेजले कोभिड पोजेटिभ हुने वितिकै भेरीमा रिफर गर्दा विरामीलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’

उहाँले संकटको बेलामा मानवीयता देखाउन सबैलाई आग्रह गर्नुभएको छ । कोभिड भन्ने वित्तिकै भेरीमा विरामी पठाइहाल्ने प्रवृत्तिले विरामीको स्वास्थ्यमा झन गम्भीर असर परिरहेको भन्दै जुन अस्पतालमा विरामी पुग्छ त्यही उपचार गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech