सेती अस्पतालको परीक्षणमा थप २५६ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ११ माघ २०७८, मंगलवार

नेपालगन्जः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार थप २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ४०० नमुना परीक्षण गर्दा थप २५६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालमा अहिले २२ जना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार गम्भीर प्रकृतिका १ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा २ जना डिस्चार्ज भएका छन्।

 

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech