बाँकेमा कोरोना अपडेटः १६२ जना नयाँ संक्रमित थपिदा ४६ जना निको

    • स्वास्थ्य पेज

  • ११ माघ २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा परीक्षण भएकामध्ये आज ६५ प्रतिशतबढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा दुई सय ४७ नमुना परीक्षण भएकोमा एक सय ६२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा एक सय ३६ जनाको नमुना जाँच गर्दा ८९, मेडिकल कलेज कोहलपुरमा ७९ जनाको नमुना जाँच गर्दा ५४ र बागेश्वरी ल्यावमा ३२ नमुना जाँच गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना छन् । नेपालगन्ज, कोहलपुरसहित खजुरा, राप्तीसोनारी, जानकी गाउँपालिकामा पनि संक्रमण दर बढ्दै गएको देखिन्छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या आठ सय २३ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १९ हजार तीन सय आठ पुगेको छ ।

यस्तै आज थप ४६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ४९ पुगेको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech