सुर्खेत प्रदेश अस्पतालमा सेवा प्रवाहमा समस्या

    • स्वास्थ्य पेज

  • ११ माघ २०७८, मंगलवार

नेपालगन्जः सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रदेश अस्पताल सुर्खेतका मात्रै ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

दरबन्दी भन्दा कम जनशक्ति भएको अस्पतालमा बिरामीको संख्या बढ्दै जाँदा उपचारमा समस्या भएको हो । पहिलेको तुलनामा अहिले दैनिक ७० देखि एक सय जना बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी संक्रमित बन्दा सेवा प्रवाहमा बाधा नपुगोस् भनेर प्रदेश सरकारसँग कर्मचारी माग गरेको छ । सुर्खेतमा मात्र हालसम्म १२ हजार ५ सय भन्दा बढी कोरोना संक्रमित बनेका छन् ।

अहिले अस्पतालले कोभिड–१९का बिरामीका लागि एक सय ३९ अक्सिजनसहितको बेड, २० वटा आईसीयू बेड र ७ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको सुर्खेत प्रदेश अस्पतालले जनाएको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech