बाँकेमा थप ८३ जनालाई कोभिड

    • स्वास्थ्य पेज

  • ८ माघ २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेका दुई वटा ल्याबमा गरिएको परीक्षणमा ८३ जनालाई कोरोना पुष्टि भएको छ ।

जिल्ला कोभिड व्यवस्थपान केन्द्र, बाँकेका अनुसार, भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा एक सय २५ जनाको परीक्षण गर्दा ८३ जनालाई कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७७ जनामा ५२ र कोहलपुर मेडिकल कलेजमा ४८ जनाको परीक्षण गर्दा ३१ जनलाई कोरोना देखिएको छ ।

बाँकेमा सक्रिय संक्रमित ६ सय १५ पुगेका छन् । अस्पतालमा दुई जना सिकिस्त, ३७ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शनिबार बाँकेमा २४ जना डिस्चार्ज भएका छन्

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech