कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, १० हजारबढिमा संक्रमण

    • स्वास्थ्य पेज

  • ८ माघ २०७८, शनिबार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

हरेक जिल्लामा संक्रमण देखिएको छ भने १५ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी छ । मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डाकीको कास्की र नवलपुर, लुम्बिनीको बाँके र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या ५०० बढी छ ।१७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भइसकेको छ ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech