३०० नर्स कोरोना संक्रमितको उपचारमा खटाइने

    • स्वास्थ्य पेज

  • ६ माघ २०७८, बिहीबार

नेपालगन्जः बागमती प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमका लागि नियुक्त गरेको ३०० नर्सलाई कोरोना संक्रमितहरुको उपचारमा खटाउने भएको छ ।

कोरोना संक्रमण बढ्दा जनशक्तिको अभाव हुन थालेपछि नर्सहरुलाई परिचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले आवश्यकता अनुसार जिल्ला अस्पताल वा स्वास्थ्य केन्द्रमा परिचालनका लागि स्वास्थ्य कार्यालयलाई पत्र पठाइएको छ ।

उहाँले भन्नभयो-‘विद्यालय नर्सिङ कार्यक्रममा प्रति स्थानिय तह ३ जना नर्स परिचालन गरिएको छ, अब उनीहरुलाई पनि कोभिड संक्रमण नियन्त्रणमा परिचालन गर्न परिपत्र भइसकेको छ ।’

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech