पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०७७, बिहीबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म २ लाख ७२ हजार ८ सय ५१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

 

  • १९ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech