बाँकेमा कोभिड विरुद्ध कडाई, भारतबाट आउने १० दिन होमक्वारेन्टिनमा बस्नु पर्ने

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०७७, बुधबार

नेपालगन्जः बाँकेमा बन्द भएका क्वारेन्टिनहरु पुनः संचालन हुने भएका छन् । छिमेकी देश भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिन थालेपछि बाँकेमा उच्च सतर्कता अपनाउँदै बन्द भएका क्वारेन्टिनहरु पुनः संचालनको तयारी थालिएको हो ।

जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लाका आठवटै पालिकालाई क्वारेन्टिन निर्माणका लागि निर्देशन दिएको छ । कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न बैठकले निर्देशन दिएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

कोभिड-१९ संकट व्वस्थापन केन्द्रका संयोजक रामबहादुर कुरूम्वाङ्गको अध्यक्षतामा बसेको बैठकले नेपाल भारत सीमा जुमनाह नाकामा नागरिकको आउजाउमा निगरानी बढाउनुका साथै भारतबाट फर्किनेको नाकामै स्वाव परिक्षण गर्ने निर्णय समेत गरेको छ ।

जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य परिक्षणको काम शुरू भइसकेको छ । भारतबाट आएका नागरिक १० दिन होमक्वारेन्टिनमा बस्नु वर्नेछ ।

बैठकका यस्ता छन् निर्णय

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech