पछिल्लो २४ घण्टामा १३४ संक्रमित थपिए, ११८ डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २८ माघ २०७७, बुधबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ११८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ। गत चौबीस घन्टामा ३ हजार ५ सय ६७ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन। यसैगरी देशभर हालसम्म ७२ जनाको आईसियुमा तथा १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech