सबै नागरिकले खोप नपाउन्जेल अभियान जारी रहन्छ-प्रधानमन्त्री ओली

    • स्वास्थ्य पेज

  • २३ माघ २०७७, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट कोभिड–१९ पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म खोप अभियान जारी राख्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना महामारी नियन्त्रणमा ल्याएको दावी समेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई दिइएको कोरोनाविरुद्धको खोप छिट्टै सबै नेपालीलाई दिइने बताउनुभएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले समयमै खोप ल्याएको र सबै जिल्लामा पुर्‍याउन सफल भएको दाबी गर्नुभयो । उहाँले कोभिड–१९ महामारीको समयमा अग्रपंक्तिमा खटिएका सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech