कोभिडका कारण नेपालमा हालसम्म १९४८ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या ७५३

    • स्वास्थ्य पेज

  • २ माघ २०७७, शुक्रबार

तस्विरः फाइल

 

काठमाडौं २, माघ ।

देशभर हालसम्म कोरोना भाइरस सक्रमित १ हजार ९४८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार थप ५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएसँगै हालसम्म कोभिडका कारण ज्यान गुमाउनेहरुको संख्या १९४८ पुगेको हो ।

मन्त्रालयका अनुसार शुक्रबार दिउसो २ बजेसम्म १६५ जना आईसियु र ३८ जना भेन्टीलेटरमा स्वास्थ्य लाभ गरिरहेका छन् । देशभर ९९४ जना संस्थागत आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा मात्र हालसम्म ७५३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । काठमार्डौमा ४८७ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५३ जनाले हालसम्म कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।कोरोना भाइरस संक्रमण मुक्त भएर हालसम्म २ लाख ६० हजार ५६७ जना डिस्चार्ज भएका छन् ।

अब ४ हजार ३०१ जना सक्रिय सक्रमित उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech