बाँकेमा थपिएका कोरोना संक्रमित नेपालगन्ज र बैजनाथका

    • स्वास्थ्य पेज

  • १३ पुष २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा थप तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ८ नमुना जाँच्दा दुई र मेडिकल कलेज कोहलपुरमा १८ नमुना जाँच्दा एक जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्यावमा १२ जनाको नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका दुई जना रहेका छन् । उनीहरु नेपालगन्ज र बैजनाथका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ९८ पुगेको छ ।

यस्तै दुई जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४४ पुगेको छ ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech