थप १८१ जनामा कोरोना संक्रमण, २८९ जना निको

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २८९ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ भने ८ लाख ८ हजार ९२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ जना रहेका छन् । जसमध्ये ५ हजार ०२३ जना होम आइसोलेसनमा रहेका छन् भने २४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना २६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११ जना कोरोना संक्रमित थपिएका छन् ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech