सिद्धार्थ अस्पतालमा आयोजित निःशूल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा ८३ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • ३ पुष २०७८, शनिबार

नेपालगन्जः नेपालगन्जको गणेशमान चोकस्थित सिद्धार्थ अस्पतालमा शनिवार आयोजना गरिएको दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ स्वास्थ्य शिविरमा ८३ जनाले सेवा लिएका छन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत् आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा ८३ जनाले सेवा लिएका छन् । ४५ जनाले अर्थोपेडिक र ३८ जनाले फिजिसियन सेवाको लाभ लिएको अर्थोपेडिक्स सर्जन डा.लक्ष्मण सिग्देलले जानकारी दिनुभयो ।

हाडजोर्नी तथा नशा रोग र छाती, मुटु, मधुमेह र उच्च रक्तचापलगायत रोगको निःशूल्क जाँच तथा परामर्श सेवा प्रदान गरिएको उहाँको भनाइ छ । हाडजोर्नी तथा नशा रोग सम्वन्धित सेवा अर्थोपेडिक्स सर्जन डा.सिग्देल र फिजिसियन सेवा डा. विपिन आचार्यले प्रदान गर्नु भएको हो ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत् निःशूल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको जनाएको छ । साताको शनिवार स्वास्थ्य सेवाको महत्व आम नागरिकलाई बुझाउनेगरी अन्य रोगका विशेषज्ञ चिकित्सकहरुबाट पनि यस्तै खाले शिविर आयोजना गरिने डा सिग्देलले जानकारी दिनुभयो ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech