जिल्ला अस्पतालमा जोडिएन अक्सिजन प्लान्ट

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७८, शनिबार

नेपालगन्जः पर्याप्त बजेट हुँदा पनि जिल्ला अस्पताल अछामले अक्सिजन प्लान्ट संचालन गर्न सकेको छैन् । कोरोना महामारीको दोस्रो लहरमा केन्द्र र प्रदेश सरकारले १ करोड ५५ लाख पठाएपनि जिल्ला अस्पतालमा भने अक्सिजन प्लान्ट संचालन हुन सकेको छैन ।

प्लान्टका उपकरणहरु ल्याउनेक्रममा टुटफुट भएका कारण अर्को उपकरण ल्याउन ढिलाई भएकाले संचालनमा कठिनाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालले जानकारी दिनुभयो । पाँच महिना अघि संघीय सरकारले ७५ लाख र प्रदेश सरकारले ८० लाख रुपैयाँ अस्पताललाई अक्सिजन प्लान्ट संचालनका लागि पठाएका थिए ।

प्लान्ट निर्माणको जिम्मा पाएको डाइक्रोक्रेन इन्टरनेशनलले भने प्लान्ट निर्माणमा ढिलाई हुनुको दोष अस्पताललाई दिएको छ । अस्पताल विकास समितिले अक्सिजन प्लान्ट राख्न आवश्यक भौतिक संरचना नबनाइदिएका कारण अक्सिजन प्लान्ट जडान गर्न नसकिएको ठेकेदार कम्पनीको दावी छ ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech