बाँकेमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११८ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६६ नमुना परीक्षण गर्दा १० जना र मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ५ जना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५० पुगेको छ ।

यस्तै आज थप १० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९६३ पुगेको छ ।

 

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech