बिरामीलाई यसरी झुक्याउँछन बिचौलियाले ख्याल गर्नुहोस् है !

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७८, बिहीबार

नेपालगन्जः मोरङस्थित कोशी र नोबल मेडिकल कलेज अगाडिबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ परेका छन् ।

ठूला अस्पतालमा उपचार हुँदैन, चिकित्सक नै छैनन् भन्दै बिरामीलाई निजी क्लिनिकमा पठाउने काममा सक्रिय १० जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलबार राति पक्राउ गरिएको उनीहरुलाई सार्वजनिक गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दशन जिसीका अनुसार नोबल अस्पताल अगाडिबाट ७ र कोशी अस्पताल अघिबाट ३ गरी १० जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा युनिकेयर फार्मेसीका रोशन गुप्ता, क्याटलाइसेस फार्मेसी मोहमद सिराद, कृपा फार्मेसीका मोहमद समीर, सुजित यादव, दाजुभाइ फार्मेसीका अमित यादव, एपी फर्मेसीका फिरोज रोय र अली फार्मेसीका विश्वास मण्डल छन्।

यसैगरी श्रीराम चौधरी, सूर्यनारायण यादव र मो जली पक्राउ परेका छन्। उनीहरुले अस्पताल जान लागेका बिरामीहरुलाई फकाएर विभिन्न प्रलोभन देखाई बीचबाटोबाटै बिचौलियाको काम गरी विभिन्न क्लिनिक र महँगा निजी अस्पतालमा पुर्‍याएर कमिशन लिने गरेको पाइएको एसपी जिसीले बताउनुभयो ।

उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech