कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजले बुझाए आयोगलाई साँचो

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७८, मंगलवार

काठमाडौंः पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठनहरुले मंगलबार चिकित्सा शिक्षा आयोगमा कलेजका साँचो बुझाएका छन् ।

परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको र कजेलमा भर्ना बिद्यार्थी हुने बिद्यार्थी नै नरहेको भन्दै स्वास्थ्य बिज्ञान शिक्षालय संघ पूवाञ्चल बिश्वबिद्यालय, कलेज संघ त्रिभुवन विश्वबिद्यालय र ओपन पोखरा विश्वबिद्यालयले आयोगमा कलेजका साँचो बुझाएको हो । कोटाअनुसार विद्यार्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको उनीहरुको गुनासो छ ।

स्वास्थ्य बिज्ञान शिक्षालय संघ पूवाञ्चल बिश्वबिद्यालयका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

पहिलोपटक आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णका लागि ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको थियो । जसले गर्दा यसपटक तोकिएको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् ।

उहाँले तत्काल पुनः परीक्षाको सम्भावना नभएको हुँदा कोटा पूरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्ने बताउनुभयो ।यसअघि त्रिवि, पूर्वाञ्चल विश्वविद्याल, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले आ–आफ्ना कलेजलाई मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा लिने गरेको थियो । आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech