बाँकेमा आज थप ११ जनामा कोभिड, अधिकांश कोहलपुरका

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १०८ नमुना परिक्षण गर्दा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २, मेडिकल कलेज कोहलपुरमा ७ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ६ जना छन् । तीमध्ये अधिकांश कोहलपुरका छन् । ४ जना कोहलपुरका र २ जना बैजनाथका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ५ पुगेको छ ।

आज ७ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ५७ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १६४ रहेको ओलीले बताउनुभयो । सिकिस्त बिरामी १७ जना छन भने मध्यम बिरामी २९ जना रहेका छन् । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech