स्वास्थ्यमा सबैको काज फिर्ता हुने

एक महिनाको कार्यअवधि पाएको समितिले फिर्ता गर्नुपर्ने काज, पुर्ति गर्नुपर्ने दरबन्दी र अस्थायी करार, ज्यालादारीको समेत विवरणसहित सुधारका लागि ठोस सुझाब दिनेछ।


    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७८, शनिबार

नेपालगन्जः स्वास्थ्य मन्त्रालयले सबै काज फिर्ता गर्ने भएको छ। ठूलो संख्यामा दरबन्दी र संगठन रहेको स्वास्थ्य मन्त्रालयमा पहुँचका भरमा सुगम तथा अनकूलका ठाउँमा राखिएका काज फिर्ता गरिने भएको हो।

प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका चिकित्सक एवं स्वास्थ्यकर्मी पहुँचका भरमा मन्त्रालय, विभागमा थुप्रिने प्रवृति बढेपछि मन्त्रालयले दरबन्दी र जनशक्ति व्यवस्थापन गर्न लागेको हो । विशेषगरी ओली सरकारका समयमा राजनीतिक पहुँचका आधार ठूलो संख्यामा कर्मचारी मन्त्रालय, विभाग र प्रदेशका संरचनामा काज राखिएका छन् ।

मन्त्रालय एवं तिनै तहका सरकार अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्स एवं अन्य कर्मचारीको दरवन्दी विवरण, रिक्त दरवन्दी अवस्था, काज गएको स्थान र औचित्यसहित करारको समेत विवरण यकीन गरी विवरण बुझाउन स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको हो ।

एक महिनाको कार्यअवधि पाएको समितिले फिर्ता गर्नुपर्ने काज, पुर्ति गर्नुपर्ने दरबन्दी र अस्थायी करार, ज्यालादारीको समेत विवरणसहित सुधारका लागि ठोस सुझाब दिनेछ।

 

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech