एस्ट्राजेनेका खोप लगाउने समूहको दायरा बढाइयो

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः सरकारले एस्ट्राजेनेका खोप लगाउने समूहको दायरा बढाएको छ । सरकारले मिति सकिन लागेपछि एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको छ।

सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरु र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ।

अहिले गत चैतमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको रुपमा यो खोप दिइएको छ। तर, यही अगस्ट महिनामा खोपको प्रयोग समय मिति सकिन लागेपछि लक्षित समूहको दायरा बढाउँदै १८ वर्ष पु¥याइएको हो ।

जापान सरकारले गत साउनमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो। भने भुटानले पनि करिब ३ लाख एस्ट्राजेनेका सहयोग गरेको थियो।

 

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech