आईसीयू र अक्सिजन तयारी अवस्थामा राख्न सर्वोच्चको परमादेश

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७८, मंगलवार

नेपालगन्जः सर्वोच्च अदालतले कोरोना महामारीको तेस्रो चरणलाई ध्यानमा राखी हरेक अस्पतालमा तत्काल पर्याप्त मात्रामा आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनलगायत जीवन रक्षाका लागि निरन्तर चाहिने सामग्रीको पर्याप्त व्यवस्था गर्न परमादेश जारी गरेको छ।

यस्ता सामग्री अस्पतालमा २४ सै घण्टा र ३६५ दिन नै सञ्चालनमा राख्नु भनी सर्वोच्चले सरकारको नाममा परमादेशको आदेश जारी गरेको हो।

न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले यस्तो परमादेश जारी गरेको हो। नेपालका कोरोनाको दोस्रो लहर समाप्त भई तेस्रो लहर सुरु हुन लागेको समयमा सर्वोच्च अदालतको यस्तो फैसला आएको हो।

अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर र मोहना अन्सारीले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले सरकारलाई कोरोनाको तेस्रो लहरको तयारी गर्न भनेको हो। २०७८ जेठ ११ गते भएको फैसलाको पर्णपाठमा सरकार र स्वास्थ्य मन्त्रालयलगायतलाई तयारीका लागि अन्य आदेशसमेत जारी गरेको छ।

 

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech