बाँकेमा आज थप १९ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १७२ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा १०, कोहलपुर मेडिकल कलेजमा ६० नमुना परीक्षण गर्दा ८ र बागेश्वरी प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा १ गरी थप १९ जनामा भाइरस संक्रमण देखिएको छ ।

तीमध्ये बाँकेका १५ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ६४ पुगेको छ । यस्तै आज थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ५३ पुगेको छ ।

बाँकेमा १४ सिकिस्त बिरामी छन् भने २५ जना मध्यम बिरामी छन् । ५ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech