भेरोसेलको दोस्रो डोज यसैसाता

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

काठमाडौंः स्वास्थ्य कार्यालय काठमाडौँले कोरोना विरुद्धको दोस्रो डोज ( भेरोसेल) खोप यसै साता देखि सुरू गर्ने भएको छ।

कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले एक महिना अघि भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन लागिएको हो।

तर दोस्रो मात्रा खोप लिनका लागि विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य रुपमा लिई आउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकाले दोस्रो मात्रा लिन सक्नेछन् । केही दिनपछि मिति र स्थान तोकिने पनि उहाँको भनाइ छ ।

खोप विवरणलाई व्यवस्थित गर्न सरकारले विद्युतीय दर्तालाई अनिवार्य गरिएको उहाँको भनाइ छ।

उहाँका अनुसार ५५ बर्षमाथिका र अन्य फन्टलाइनर गरी करिब १ लाख ६० हजारले पहिलो मात्रा लगाएका छन्।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech