विश्व हेपाटाइटिसविरुद्धको दिवसः यस्ता छन् रोकथामका उपाय

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७८, बुधबार

नेपालगन्जः भाइरसबाट हुने सरुवा रोग हेपाटाइटिस विरुद्धको दिवस ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित आज मनाइँदैछ । हरेक वर्ष जुलाई २८ तारिखमा हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । कोरोना सङ्क्रमणसँगै हेपाटाइटिसको जोखिम पनि रहेकाले ध्यान दिन आह्वान गरिएको छ ।

अरु मौसम भन्दा बर्खामा यो रोग बढी देखा पर्छ । हेपाटाइटिसको भाइरस सङ्क्रमणका कारण कलेजो सुन्निने गर्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । त्यसमध्ये हेपाटाइटिस बी सबैभन्दा घातक मानिन्छ ।

हेपाटाइटिसका लक्षण ?

१. ज्वरो आउनु

२. वाकवाकी, उल्टी हुनु

३. खान मन नलाग्नु

४. जीउ दुख्नु

५. शरीर पहेलो हुनु

६. अत्याधिक थकान महसुस हुनु

७. पिसाब पहेलो हुनु

८. पेट दुख्नु

९. जीउ चिलाउनु

१०. पखाला लाग्नु वा कब्जियत हुनु

हेपाटाइटिस हुनुको कारण ?

रगतमा विलिरुविन बढेमा मानिसलाई हेपाटाइटिस हुने गर्छ । हेपाटाइटिस भएमा शरीर पहेलो देखिन थाल्छ । शरीरमा हेपाटाइटिसको संक्रमण विभिन्न कारणले हुने गर्छ । पानी , विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।

त्यसमध्य हेपाटाईटिस ए र ई पानी तथा दुषित खानेकुराका कारण सर्ने गर्छ ।

हेपाटाइटिस ‘ए’ र ‘इ’

हेपाटाइटिस ‘ए’ एक जीर्ण संक्रामक रोग हो । यसलाई भाइरस हेपाटाइटिस पनि भन्ने गरिन्छ । इन्टेरो भाइरसको संक्रमणका कारण कलेजोमा संक्रमण हुने गर्छ । जब कलेजोले विलिरुविन छान्न सक्दैन, त्यतिबेला हेपाटाइटिस हुने गर्छ । यो हेपाटाइटिस मध्यको सबैभन्दा कम गम्भीर हो । हेपाटाइटिस ए संक्रामक रोग भएकोले यसको सम्पर्कमा आउने मानिसहरुलाई यसकेा जोखिम सबैभन्दा धेरै हुने गर्छ ।

दुषित पानीका कारण यसको संक्रमण बढी हुने गर्छ । यो समस्या दुषित पानी तथा दुषित खानपानका कारण हुने गर्छ । सामान्यतया यो रोग ३ देखि ४ हप्तामा निको हुने गर्छ । जबकी गर्भवती महिलाहरुमा यसकेा जोखिम बढी हुने गर्छ । यसलाई जण्डिस पनि भन्ने गरिन्छ ।

हेपाटाईटिस ‘बी’ ?

हेपाटाइटिस ‘बी’ भाइरसका कारण हुने एक विमारी हो । यसलाई सेरम हेपाटाइटिस पनि भन्ने गरिन्छ । यो रोग रगत, थुक, पिसाब, वीर्य, शारिरिक सम्पर्क लगायतको कारण एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ । लागुु पदार्थ सेवनकर्ताहरुमा पनि यो रोगको जोखिम बढी हुने गर्छ । हेपाटाइटिस ‘बी’ एको तुलनामा बढी भयानक हुने गर्छ । हेपाटाइटिस भएका मानिसमा लिभर सिरोसिसको सम्भावना बढी हुने गर्छ ।

हेपाटाइटिस ‘सी’ ?

हेपाटाइटीस ‘सी’ लिभरसित सम्बन्धित एक रोग हो । हेपाटाइटिस ‘सी’ नामक विषाणुको संक्रमणका कारण हेपाटाइटीस सी हुने गर्दछ । यसकेा संक्रमणले कलेजोलाई पूर्णरुपमा क्षतिग्रस्त पार्दछ । सुरुवाती अवस्थामा यसको लक्षण थाहा पाउन निकै कठिन हुन्छ । यद्यपी यसका लक्षणबारे थाहा पाउन निकै आवश्यक छ ।

हेपाटाइटीस सीको समयमै उपचार नगरेको खण्डमा यसले मानिसलाई दीर्घकालीन असर पुर्‍याउन सक्दछ । हेपाटाइटीस सी भएका मध्य करिब ७५ देखि ८५ प्रतिशत मानिसलाई कडा प्रकारको संक्रमण हुने गर्छ । जसले कलेजो खराब गर्ने मात्र नभई कलेजोको क्यान्सर, लिभर सिरोसिस समेत हुनसक्छ । जसले गर्दा मानिसलाई कलेजो प्रत्यापोपण गर्नु पर्ने अवस्था समेत सिर्जना हुनसक्छ ।

हेपाइटिस थाहा पाउने तरीकाः

रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटीस भए , नभएको थाहा पाउन सकिन्छ । यदी हेपाटाइटिस भएको थाहा भएमा चिकित्सकसित परामर्श आवश्यक छ ।

रोकथामका उपाय ?

कुनै पनि हेपाटाइटिस रोग रगत परिक्षणद्धारा पत्ता लाग्ने गर्छ । यदी तपाईलाई हेपाटाइटिस भएको छ भने त्यसको उपचार रोगमा निर्भर हुने गर्छ । तर कुनै पनि रोग भन्दा त्यसको रोकथाम गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।त्यसको लागि विभिन्न कुरामा ध्यान दिनु जरुरी छ ।

१. शरीरमा रोग लाग्न नदिने

२. दुषित पानी तथा खानेकुराको सेवन नगर्ने

३. खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने

४. सफासुघर बस्ने

५. फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने

६. वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उबाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने,

७. पानी उमाल्न नसकेको खण्डमा पानीमा क्लोरिनको प्रयोग गर्ने

८. यदी ताई आमा बन्दै हुनुहुन्छ भने गर्भावस्थामै चिकित्सकसितको सल्लाह अनुसार हेपाटाइटिस विरुद्धको खोप लगाउने

९. आफ्नो बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने

 

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech