तलवभत्ता माग्दै नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलित

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मासिक तलव, कोभिड भत्ता पाउनु पर्ने माग राखेर आज प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् ।

उनीहरुले तीन महिनादेखि तलव भत्ता नपाएको बताएका छन् । आफ्नो ज्यानको प्रवाह नगरि कोभिड महामारीमा खटिँदा समेत जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आक्रोशित भएका हुन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बाँकी तलव र जोखिम भत्ता एकमुष्ट पाउनुपर्ने माग गरेका छन् । माग सम्वोधन नभए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

अस्पतालले भने एकमुष्ट तलवभत्ता दिने अवस्था नरहेको बताएको छ । अस्पतालका उपनिर्देशक श्याम शर्माले कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलवभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको बताउनुभयो ।

‘तलवभत्ता नदिने भनेका छैनौं उहाँले स्वास्थ्य पेजलाई टेलिफोनमा भन्नुभयो –‘अस्पतालको अवस्थापनि आन्दोलनकारीले बुझ्नु पर्छ ।लोनको प्रोसेसमा छौं साउन पहिलो सातासम्म एक महिनाको तलव पाउनुहुन्छ ।’ उहाँले अहिले अस्पताल ५० करोड घाटामा रहेको पनि दावी गर्नुभयो ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech