पाँच आसन, जसले अनियमित मासिक स्रावबाट बचाउँछ

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७८, शुक्रबार

अनियमित मासिक स्रावबाट राहत पाउनका लागि केही योग आसन समेत अभ्यास गर्न सकिन्छ । अनियमित मासिक स्राव एवं अत्यधिक रक्तस्राव ठीक गर्नका लागि योग एकदमै प्रभावकारी हुन्छ । योग एक यस्तो सर्वोत्तम औषधि हो, जो अनियमित मासिक धर्म ठीक गर्न सहयोगी हुन्छ । साथसाथै तपाईंलाई स्वस्थ, तन्दुरुस्त राख्न पनि सहयोग गर्छ ।

पाँच आसन, जसले अनियमित मासिक रक्तस्रावबाट बचाउँछ:

अधोमुख शवासन

अधोमुख शवासन अनियमित मासिक स्राव र त्यसबेला हुने दुखाइ कम गर्न सहयोगी हुन्छ । यो योग गर्नका लागि जमीनमा सीधा उभिने । फेरि खुट्टाको औंला र हातको पन्जा जमीनमा टेक्ने । कम्मरलाई माथि उठाएर धनुष आकारमा बस्ने । यस क्रममा विस्तारै विस्तारै सास लिने । ध्यान राख्नुपर्ने कुरा के भने टाउको हल्का जमीनतर्फ झुकेको र पीठ एक लाइनमा हुनुपर्छ । केही समयपछि सामान्य अवस्थामा आउनुपर्छ ।

उष्ट्रासन

अनियमित मासिक स्राव र त्यसबेला हुने पीडा कम गर्न यो निकै उपयोगी आसन हो । साथसाथै तौल नियन्त्रणका लागि पनि यो आसन गर्न सकिन्छ । यसका लागि खुट्टा र घुँडाको बीच दुई फुटको दूरी बनाएर बस्नुपर्छ । हातलाई कम्मरमा राख्नुपर्छ । अब कम्मरलाई शरीरको पछाडि झुकाउनुपर्छ र फेरि हातले खुट्टाको औंला समात्ने । यस स्थितिमा विस्तारै विस्तारै सास लिनुपर्छ । केही क्षण रोकिने र फेरि सामान्य अवस्थामा आउने ।

धनुरासन

यो आसन गर्नका लागि पेटको बलले बस्ने र घुँडालाई मोडेर हातको पन्जाले समात्ने । जति सकिन्छ खुट्टालाई आफ्नो टाउकोभन्दा माथि उठाउने प्रयास गर्नुपर्छ । यस स्थितिमा केही समय रहने र सामान्य हुने । यो आसनले मासिक धर्म चक्रलाई मात्र सही गर्दैन, मासिक स्रावको बेला हुने दुखाइ र अन्य समस्याबाट पनि छुटकारा दिन्छ ।

मलासन पोजिशन

अनियमित मासिक स्राव ठीक गर्नका लागि मलासन गर्न सकिन्छ । यसले मोटोपन नियन्त्रणमा पनि सहयोग गर्छ । यसका लागि खुट्टाको बीच डेढ फिट खाली राखेर बस्ने । अब हातलाई नमस्कारको मुद्रामा बनाएर खुट्टाको बीचमा राख्ने । यस प्रक्रियालाई कम्तीमा १५ देखि २० पटक दोहोर्‍याउने । याद राख्नुपर्ने कुरा, खाना खानासाथ यो आसन गर्नुहुँदैन ।

मत्स्यासन

मत्स्यासनले हर्मोन्स सन्तुलित राख्छ, जसले अनियमित मासिक स्रावको समस्या हुन दिंदैन । यसका लागि बसेर बिस्तारै बिस्तारै झुक्दै कम्मरको बलमा सुत्नुपर्छ । फेरि देब्रे खुट्टालाई दायाँ हात र दायाँ खुट्टालाई बायाँ हातले पक्रने र नुहेर जमीनमा टेकाउने । यसबेला घुँडाले भने जमीनमा छोएको हुनुहुँदैन । अब सास लिंदै हातको मद्दतले टाउको पछाडि गर्दनलाई छुन खोज्ने । विस्तारै सास लिने र छाड्ने । केही समयपछि सामान्य स्थितिमा आउने ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech