काठमाडौं: पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ पीसीआर परीक्षणमा १ हजार ६३९ र ३ हजार ९५४ एन्टिजेन परीक्षणमा ७५९ जना गरी २३९८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । आजसम्म मृतक संख्या ९ हजार ४१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।