नेपालमा डेल्टा प्लस भेरियन्ट फैलिन थाल्यो, तेस्रो लहर उत्प्रेरक हुने उच्च जोखिम

    • स्वास्थ्य पेज

  • २५ असार २०७८, शुक्रबार

नेपालगन्जः नेपालमा कोरोना भाइरसको डेल्टा प्लस भेरिन्यट बिस्तारै फैलिँदै गएको छ। नुवाकोटस्थित त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरिएको एक जनामा डेल्टा प्लस भेरियन्ट देखिएसँगै नेपाल अव तेस्रो लहरको उच्च जोखिममा पुगेको छ ।

कोरोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा खतरा डेल्टा भेरियन्ट हो । अब भने डेल्टा प्लस भेरियन्टलाई झन खतरा भनिएको छ। प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डे जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालले उक्त ४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत अन्तराष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाएको थियो ।सो क्रममा तीनवटामा डेल्टा र एक वटामा डेल्टा प्लस भेरियन्ट देखिएको हो। डेल्टा प्लस भेरियन्ट डेल्टा भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech