सुर्खेतमा भेरोसेल खोपको दोस्रो मात्रा असार २४ देखि लगाइने

    • स्वास्थ्य पेज

  • २३ असार २०७८, बुधबार

वीरेन्द्रनगरः सुर्खेतमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २४ गतेदेखि दिइने भएको छ । बिहान १० बजेदेखि चार बजेसम्म खोप सेवा लिन सकिने कार्यालयले जनाएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइनेछ । जिल्लामा ६ हजार १५३ जनालाई दोस्रो डोज दिइने स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिनुभयो । वाग्लेका अनुसार कार्यालयले खोप कार्ड लिएर पहिलो डोज लगाएको केन्द्रमा गई सेवा लिन सूचना समेत जारी गरेको छ ।

असार २४ गते ९७ जना नेपाली सेना, ४७९ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि प्रदेश प्रहरी कार्यालय तथा नेपाली सेनाका लागि उत्तरपश्चिम पृतनामा खोप दिइने छ । यस्तै असार २५ गते सुर्खेत कारागारका ७७ जना कैदीबन्दी, २६ गतेदेखि सबै स्थानीय तह र प्रदेश अस्पतालमा २६ गतेदेखि २८ गतेसम्म खोप लगाइने छ ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech