कागती पानी पिउँदाको फाइदा

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । कागती भिटामिन ‘सी’ को महत्वपूर्ण स्रोत हो। यो सदावहार फलका रुपमा पनि चिनिन्छ । दिनहुँ कागती पानी पिउँदा तपाईँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ ।

कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ । बिहानै उठेर खाली पेटमा कागती पानी पिउनुका अनेकौ फाइदा छन् । विषेश गरी मोटोपना घटाउनका निम्ति खाली पेटमा कागती पानी पिउने गरेको पाइन्छ ।

कागती पानीको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पुर्याउनुका साथै रगत सफा र शुद्ध पार्छ र हृदयशक्ति बढाउँछ, कागती रसले खाना रुच्ने, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं सौन्दर्यवर्धक फल हो। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ। खाली पेटमा बिहानै कागतीको रस राखेर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ।

यसले मोटोपन घटाउन समेत मद्दत गर्छ । यसको सेवनले पाचन प्रक्रिया राम्रो बनाउँछ । कागती पानी पिउँदा आन्द्रामा देखिने विकारलाई सफा गरी पाचन प्रणालीलाई मजबुद बनाउँछ । मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ साथै उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा कागतीले शक्ति प्रदान गर्दछ । साथै कागतीले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुको साथै एन्टिआक्सिडेन्टको काम गर्छ र कोलेस्ट्रोल कम गर्छ ।

रक्तअल्पता पीडितलाई समेत यसको सेवन फलदायी मानिन्छ । आयुर्वेद अनुसार कागती अपच एवं पेटको अन्य बिकारमा समेत उपयोगी मानिन्छ । यो स्कर्वी रोगको विशेष औषधि हो । स्कर्वी रोग भिटामिन ’सी’ को कमीले हुन्छ । कागतीमा भने भिटामिन ’सी’ प्रचुर हुन्छ । कागती छालाको रोग, गिजा सुन्निनु, घाँटीको खसखस, टन्सिल रोगमा समेत लाभप्रद मानिन्छ ।

कागती पानी खानुका फाइदासँगै बेफाइदा पनि छन् । यदि तपाईँ दिनदिनै कागनी पानी पिउनु हुन्छ भने सचेत रहन जरुरी हुन्छ ।

कागती पनी पिउँदा ध्यान दिनु पर्ने कुरा

– दाँतमा समस्या छ भने कागती पानी पिउनाले दाँतलाई असर गर्ने गरेको पाइएको छ ।

– एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्या भएका व्यक्तिहरुले कागती पानी पिउनु हुँदैन ।

-धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाब आउँछ । बारम्बार शरीरबाट पिसाब जाँदा पनि डिहाइड्रेशनको समस्या हुन सक्छ ।

-धेरै तातो पानी र कागती पिउँदा त्यति धेरै फाइदा नहुने गरेको पाइन्छ । तर मनतातो पानी र कागती पिउँदा धरै फाइदा लिन सकिने जानकारहरु बताउँछन् ।

 

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech