गर्मी मौसममा के खाने के नखाने ?

    • स्वास्थ्य पेज

  • १७ असार २०७८, बिहीबार

अहिले गर्मीको समय छ । तापक्रम बढ्दा मानिसको दैनिक जिवनमै असर परिरहेको छ । अत्याधिक गर्मी हुदा मानिसको शरिरमा पानीको मात्रा कम हुने लगायत विभिन्न समस्या देखा पर्न सक्छन् । योबेला आफ्नो दैनिक जिवनमा धेरै नै ध्यान दिनुपर्ने हुन्छ ।

योबेला खानपानदेखि अन्य विविध कुरामा ध्यान नदिने हो भने विभिन्न समस्या देखिन सक्छन् । गर्मीको यो समयमा शरिरबाट अत्याधिक पसिना निस्कने भएका कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसैले  नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रशस्त सलाद लिनु जरुरी हुन्छ ।

गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानुपर्दछ । शरिरमा पानिको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। गर्मी मौसममा विशेषगरी हामीले खरबुजा, तरबुजा, मेवा, प्याज, पुदिना, कागती, काँक्रो, काँचो आँप, मकै र अन्य हरिया सागपात तथा तरकारी खानुपर्दछ । किनभने यी खानेकुरामा एन्टिअक्सिडेन्ट तथा शितलता प्रदान गर्ने तत्व रहेको हुन्छ ।

गाँजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ। गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हो। यसले एसिडिटीको समस्याबाट पनि छुटकारा दिलाउँछ। यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ। शरिरमा पानिको इनटेक बढाउन जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, आदि खान सकिन्छ ।

सकेसम्म गर्मीको समयमा रातो मासु , मसालेदार खानेकुरा, फास्ट फूड, कोल्ड ड्रिङ्क्स, चीया कफी नखाँदा रामो् हुन्छ । बजारमा काटेर राखिएका फलफूल नधोइ खानु हुँदैन । यस्तै सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाएमा झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ । यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।

स्वस्थ मानिसको शरीरमा सामान्य तापमान ३७ डिग्री सेल्सियस हुनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । यदि शरीरको औसत तापक्रम बढ्न थाल्यो भने विभिन्न अंगमा असर पर्न सक्छ । त्यसैले गर्मी मौसममा खानपिन गर्दा विशेष सावधानी अपनाउनुपर्छ । गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने मौसमअनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहनसक्छौं ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech