महाराजगन्ज नर्सिङ क्याम्पसको निमित्त प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

काठमाडौंः महाराजगन्ज नर्सिङ क्याम्पस महाराजगञ्जको निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त हुनुभएको छ ।

क्याम्पस प्रमुख प्रा सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ गतेबाट लागू हुने गरी प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।

प्राध्यापक शर्मा यसअघि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो। उहाँलाई २०७५ फागुन १० गते सहायक क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको थियो।

 

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech