भेरी अस्पतालमा ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १० असार २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप एकजना संक्रमितको मृत्यु भएको छ । दाङ राजपुर गाउँपालिका १ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी असार २ गते भेरीमा भर्ना भएका थिए । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । स्वास्थ्यमा सुधार नआएपछि उनको आज दिउँसो १ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ।

योसँगै उपचारका लागि बाँके आएका वाहिरी जिल्लाका ३ सय ५३ जनाको मृत्यु भएको छ ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech