बाँकेका अस्पतालमा अव ५४ जनामात्रै संक्रमित

    • स्वास्थ्य पेज

  • ८ असार २०७८, मंगलवार

तस्वीरः फाइल

नेपालगन्जः बाँकेमा कोरोना भाइरस उपचार गराइरहेका अस्पतालमा संक्रमित विरामीको चाप ह्वात्तै घटेको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, वेष्टर्न अस्पताल नेपालगन्ज र युनाइटेड अस्पतालमा कोरोनाका विरामीका लागि छ्ट्याइएका ९० प्रतिशत बढी बेड खाली भएका छन् ।

दोस्रो लहरमा ४ सय ८८ जना विरामी भर्ना भएका यी अस्पतालमा अहिले ५४ जनामात्रै छन् । तीमध्ये २१ जना सिकिस्त छन् भने ३३ जना मध्यम रहेका छन् । भेरी अस्पतालमा ४७, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ५ र युनाइटेडमा २ जना संक्रमितको उपचार भइरहेको छ । वेष्टर्नका सवै बेड खाली छन् ।

कोभिड विरामीको उपचार व्यवस्थापनमा खटिनुभएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, असार तीन गते यता बाँकेका भाइरस संक्रमणबाट कुनैपनि व्यक्तिको मृत्यु भएको छैन् ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech