बाँकेका सरकारी कार्यालयहरु आजदेखि खुल्ने

    • स्वास्थ्य पेज

  • ८ असार २०७८, मंगलवार

नेपालगन्जः बाँकेका सरकारी कार्यालयहरु आजदेखि खुल्ने भएका छन । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्ने गरी सरकारी कार्यालयहरु खुल्ने भएका हुन् ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बैशाख ९ गतेदेखि नेपालगन्जका र बैशाख १३ गते देखि जिल्लाका सबै सरकारी, बैंक तथा वित्तिय संस्थाहरु बन्द थिए । भाइरस संक्रमणको जोखिम कम हुँदै गएपछि करिव दुई महिनादेखि बन्द रहेका बैंक तथा वित्तिय र सरकारी कार्यालयहरु आजदेखि खुल्ने भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालयहरु खुल्ने जानकारी दिनुभयो ।

यस्तै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद विक्रीका लागि विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय खुल्ने भएका छन् । तर विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र भने खुल्ने छैनन् । प्रशासनले जारी गरेको निषेधाज्ञा भने यही असार १४ गतेसम्म कायमै रहने छ ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech