अमेरिकामा १५ दिनमा सङ्क्रमण ४२ प्रतिशत घट्यो

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०७८, शनिबार

एजेन्सीः अमेरिकामा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । दुई हप्ताको अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको समाचारसंस्था एपीले जनाएको छ ।

खोप लगाउनेको सङ्ख्या बढेसँगै कोरोना सङ्क्रमण र मृत्युदर दुवै कम भएको हो ।

अमेरिकामा ४२ दशमलव ६ प्रतिशत मानिसले पूर्ण अर्थात दुवै मात्रा खोप लगाइसकेका छन् । झण्डै ५२ प्रतिशत मानिसले खोपको पहिलो मात्रा लगाएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार दुई सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ९४ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech