बाँकेका प्रयोगशालामा ६६ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लाका १० जना मात्रै

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोभिड पुष्टि भएको छ । कुल १८४ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

शुक्रबार भेरी अस्पतालको प्रयोगशालामा १२७ नमुना परीक्षण गर्दा ५६ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्याबमा २२ नमुना परीक्षण गर्दा ७ जना गरि कुल ६६ संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमध्य बाँकेका १० जना छन् । जिल्लाका ५ जना महिला र ५ जना पुरुष गरि १० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८१ हजार ६०८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज जिल्लामा कोरोना संक्रमण मुक्त भई २६ जना डिस्चार्ज भएका छन् । १३ जना महिला र १३ जना पुरुष आज एकैदिन निको भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणकै कारण गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । जिल्लाका एकजना र जिल्ला बाहिरका तीनजना गरि थप ४ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech